चीनले नेपाली राजनीतिक सहकार्यको प्रशंसा गर्‍यो : मन्त्री भण्डारी

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको चिनियाँ भ्रमण टोलीलाई चीन सरकारले उच्चस्तरको सम्मान दिएको बताएका छन्।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री भण्डारीले उक्त भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। “यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने काम गरेको छ,” उनले भने, “नेपालका प्रमुख दलबीच सहकार्य देखिएको छ, जुन राजनीतिक स्थायित्वको संकेत हो। चीनले यसप्रति खुसी व्यक्त गरेको छ।”भ्रमणका क्रममा एमालेका तर्फबाट विदेश विभाग प्रमुख रघुवीर महासेठ तथा सरकारको तर्फबाट मन्त्री भण्डारी स्वयं सहभागी थिए। मन्त्रीको हैसियतमा विभिन्न संवाद र कार्यक्रमहरूमा भाग लिएको उनले जानकारी दिए।आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री भण्डारीले उक्त भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

भ्रमण टोली जेठ १० गते बेइजिङ प्रस्थान गरेको थियो र आज स्वदेश फर्किएको हो।

spot_img