नेपाली नेवार समुदायको सांस्कृतिक पहिचान संरक्षणमा सक्रिय गुठी साउथ अष्ट्रेलिया (Guthi S.A.) को वार्षिक साधारण सभा (AGM) भव्य रूपमा सम्पन्न भएको छ। यही अवसरमा संस्था सञ्चालनका लागि २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ।
नयाँ नेतृत्वमा गौरव राजकर्णिकार अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा सजन मानन्धर, सचिवमा सजिन प्रधानांग र कोषाध्यक्षमा पुष्कर डंगोल चयन भएका छन्। कार्यकारिणी सदस्यमा निरोज महर्जन (संगीत प्रशिक्षकसहित), कृष्ण अवाले र जेनिश मानन्धर रहेका छन्।
सुवेक्षा श्रेष्ठ, सनम महर्जन, बिनय प्रधान, निराकर श्रेष्ठ, रदिप प्रजापति, पुष्प महर्जन, अनुप के. श्रेष्ठ, कबिन्द्र श्रेष्ठ, राज श्रेष्ठ र रोशन बज्राचार्य यसपटक गुठीमा नयाँ सदस्यका रूपमा थपिएका छन्।
सल्लाहकार मण्डलमा मंगल मान बज्राचार्य, पन्न काजी महर्जन, सूर्य मान श्रेष्ठ र अरविन्द्र प्रधान रहेका छन्, जसले संस्थालाई नीतिगत मार्गदर्शन दिनेछन्।
सन् २०१५ मा स्थापना भएको गुठी साउथ अष्ट्रेलिया नेवार समुदायको भाषा, धर्म, परम्परा र संस्कृति संरक्षणमा क्रियाशील संस्था हो। नयाँ समितिले सांस्कृतिक चेतना फैलाउने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
