अष्ट्रेलियामा विदेशी विद्यार्थीहरू डिग्री बीचमै छाड्दै, व्यावसायिक तालिमतर्फ आकर्षण

अष्ट्रेलियामा ठूलो रकम खर्च गरेर डिग्री अध्ययन गर्न आएका विदेशी विधार्थीहरुले बीचमैमा अध्ययन छोड्ने गरेको एक रिपोर्टले देखाएको छ । 

अष्ट्रेलियाका विश्वविद्यालयहरूले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार विदेशी विद्यार्थीहरू ठूलो संख्यामा आफ्नो डिग्री अध्ययन बीचमै छोड्दै गरेको बुझीएको छ । 

यसबीच उद्योग क्षेत्रका जानकारहरूले भिसा कटौतीप्रति सरकारद्वारा अपनाइएको द्विदलीय दबाबले विद्यार्थीहरूलाई प्यानिक मोडमा विभिन्न ट्रेड कोर्षहरू जस्तै काठको काम प्लास्टरिङ र पेन्टिङ तर्फ होमिएको बताएका छन्।

शिक्षा क्षेत्रमा रहेका स्रोतहरूका अनुसार विद्यार्थीहरूले विश्वविद्यालयको डिग्री नपठाई कम समय लाग्ने व्यावसायिक तालिम रोज्न थालेका छन । जसले तुरुन्त रोजगारीको झुटो आशा देखाउँछ ।तर यी तालिमहरूले अपेक्षित स्थायित्व वा स्थायी बसोबासको मार्ग खुलाउने ग्यारेन्टी भने नदिने प्रष्ट भएको छ ।

यस परिस्थितिले शिक्षा प्रणालीमा असन्तुलन निम्त्याएको छ भने व्यवसायिक तालिम संस्थाहरूमा अत्यधिक भीड देखिन थालेको छ ।