घरमै बसेर डलर कमाउने झुटो सपना : हजारौं नेपाली ठगिने जोखिममा!

दिनको १–३ घण्टा मात्रै काम गरेर महिनामा एक हजार डलर कमाउनुहोस्!” – सामाजिक सञ्जालमा यस्ता आकर्षक सन्देशहरूले अहिले नेपाली प्रयोगकर्ताको इनबक्स भरिएको छ। सुरुमा जीवन बदल्ने सुनौलो अवसरजस्तो देखिने यी विज्ञापनहरू वास्तवमा ठगीका जाल हुन्, जसले तपाईंलाई आर्थिक मात्र होइन, कानुनी जोखिममा पनि पुर्याउन सक्छ।

सामान्यतया, यी विज्ञापनहरूमा अनुभव नचाहिने भनिए पनि, जागिर पाउने निहुँमा “प्रशिक्षण शुल्क”, “दर्ता शुल्क” वा कुनै ‘सुरुवाती लगानी’ मागिन्छ। धेरैलाई यति बेला लाग्छ, सानो लगानीले ठूलो फाइदा पाइनेछ। तर यथार्थमा, रकम तिर्नासाथ ती ‘काम दिने कम्पनी’ सम्पर्कविहीन हुन्छ।

अझ खतरनाक कुरा के छ भने, यी ठगहरूले तपाईंको नाम, ठेगाना, बैंक खाता नम्बर, पासपोर्टजस्ता व्यक्तिगत विवरण पनि माग्छन्। प्राप्त जानकारीको आधारमा उनीहरूले अन्य ठगी कार्यहरू समेत गर्न सक्छन् – जस्तै 

अष्ट्रेलियामा यस्तो खालको ठगी हालै तीव्र रूपमा बढिरहेको छ, जसको चपेटामा नेपालीहरू पनि पर्न थालेका छन्। विशेषगरी वैदेशिक रोजगारीको सपना देख्ने, वा घरबाट अनलाइन काम गर्ने सोच बनाइरहेका युवाहरू मुख्य निशानामा छन्।

यदि तपाईं यस्तो कुनै शंकास्पद विज्ञापनमा फस्नु भएको छ भने तुरुन्त www.cyber.gov.au/report मा गइ साइबर अपराधको उजुरी गर्नुहोस्। यदि अवस्था आपतकालीन हो भने तुरुन्तै Triple Zero (000) मा सम्पर्क गर्नुहोस्।

सावधानी अपनाउनुहोस् – सपना पुरा गर्ने बाटो मेहनतबाट जान्छ, छोटो बाटोबाट होइन।