क्यानबेरा: मे ३ मा हुने अष्टे«लियाको संघीय संसदको निर्वाचनमा लिबरल पार्टीले एक नेपाली मूलका युवालाई उम्मेवार बनाएको छ । प्रमुख विपक्षी दल लिबरल पार्टीले नेपाली मुलका बिनोद पौडेललाई साउथ सिड्नीस्थित Macarthur (मकाथर) क्षेत्रको उम्मेद्धवार बनाएको हो ।
पौडेलले आफनो उम्मेदवारी नेपाली समुदाय मात्र नभई बहुसांस्कृतिक समाजका लागि भएको बताउनु भएको छ । पार्टीका तर्फबाट पनि पौडेलको उम्मेदवारीलाई प्राथमिकता दिइएको छ ।
हालैका सर्वेक्षण र स्थानीय समुदायमा फैलिएको उत्साहले यस पटक पौडेलको जितको सम्भावना बलियो र धेरै रहेकोे बताइएको छ । उनले आफू उम्मेदवार भएको क्षेत्रमा जनतासँग प्रत्यक्ष संवाद, घरदैलो, बहस कार्यक्रम तथा स्थानीय मुद्दामा ध्यान दिँदै प्रचार अभियानलाई तीव्र बनाएको उम्मेद्धवार पौडेलको सचिवालयले जनाएको छ ।
नेपालको चितवन स्थायी घर भएका पौडेल सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया प्रवेश गर्नु भएको थियो । उहाँले अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गरेपछि त्यहींको विभिन्न पेशा र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
विगत १५-१६ वर्षदेखि उहाँ अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् र यसबीचमा उहाँ विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध रहनु भएको छ । पौडेल एक सक्रिय सामाजिक अभियन्ताका साथै उत्प्रेरक वक्ता रहेको धेरै मतदाताहरु बताउछन् ।
पौडेलले यस अघि सन् २०२२ मा पनि लिबरल पार्टीको तर्फबाट सोही मकाथर क्षेत्रबाट संघीय निर्वाचनमा उम्मेदवारीदिनु दिनुभएको थियो ।






