अभिशेक खड्का, क्यानबेरा, अप्रिल १७ – छैटौं ओसियाना नेपाली स्पोर्ट्स मिट २०२५ मा सहभागी हुन क्यानबेरा नेपाली भलिबल क्लब (Canberra Nepalese Volleyball Club) अन्तर्गत Team ACT को टोली बिहीबार पर्थ प्रस्थान गर्दै छ। यस खेलकुद प्रतियोगिता अप्रिल १८ देखि २१ सम्म पर्थको ब्रिटानिया रोड रिजर्भ, वेस्ट लिडरभिल मा सञ्चालन हुने छ। यसपटक क्यानबेराबाट छनोट गरिएको टोलीमा नेपाली समुदायभित्र सक्रिय र ऊर्जाशील खेलाडीहरूको समावेश गरिएको छ। टोलीमा कप्तान Ramu Aryal सहित Raj Kumar KC, Bel B. Rana, Gyan B. Dangi, Gopal Woli, Prabin Gurung, Bhim Kshetri, Suresh Adhikari र Anish Dhakal रहेका छन्।

टोली प्रस्थानको अवसरमा आयोजित विदाई कार्यक्रममा क्लब प्रतिनिधिहरूले यो सहभागिता क्यानबेराको नेपाली खेल समुदायको लागि गौरवको विषय भएको बताएका छन्। कप्तान अर्यालले भने, “हामीले लामो समयदेखिको तयारी, समर्पण र टिमवर्कमार्फत यो मौका पाएका छौं। क्यानबेराको नाम उच्च राख्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौं।”
यस यात्रामा Aussie Finance and Home Loans ले टोलीलाई Lodging & Fooding Partner को रूपमा सहयोग पुर्याएको छ। Canberra Nepalese Volleyball Club का अनुसार, प्रतियोगितामा सहभागिता मात्र होइन, नेपाली समुदायबीचको एकता, सहयोग र सशक्त पहिचानको प्रतिनिधित्व गर्नु टोलीको मुख्य उद्देश्य हो। यस्ता प्रतियोगिताले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न थप प्रेरणा र अवसर प्रदान गर्ने क्लबको विश्वास छ।





