अल्लु अर्जुनको नयाँ फिल्म घोषणा :एटलीसँग नयाँ प्रोजेक्टमा सहकार्य

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनले आफ्नो जन्मदिनको अवसरमा फ्यानहरूलाई एकदमै विशेष खबर सुनाएका छन्। ‘पुष्पा २’बाट सफलता चुमेका उनले अब नयाँ फिल्मको घोषणा गर्दै नयाँ यात्राको सुरुवात गरेका छन्। मंगलबार जन्मदिन मनाउँदै उनले नयाँ फिल्मको घोषणा गरेका हुन् ।

यसपटक अल्लु अर्जुन प्रसिद्ध निर्देशक एटलीसँग हातेमालो गर्दैछन्। सन पिक्चर्सले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गरेको छ, जसमा अल्लु अर्जुन र एटलीको सहकार्य देख्न सकिन्छ।

भिडियोमा उनलाई लस एन्जलसको एक भीएफएक्स स्टुडियो भ्रमण गरिरहेको देखाइएको छ। साथै, उनी चेन्नईस्थित प्रोडक्सन हाउसको कार्यालयतर्फ जाँदैछन्, जहाँ निर्देशक एटली र निर्माता कलानिधि मारनसँग भेटघाट भइरहेको छ।