भिक्टोरियामा निःशुल्क मानसिक स्वास्थ्य सेवा सुरु

अष्टेलियाको भिक्टोरिया सरकारले निशुल्क मानसिक स्वास्थ्य सेवा दिन शुरु गरेको छ ,भिक्टोरिया सरकारले Mental Health & Wellbeing Local सेवा अब नेपाली समुदाय तथा अप्रवाशी हरु को  लागि निःशुल्क, पहुचयोग्य सेवा दिन शुरु गरेको हो ।अष्ट्रेलियाको व्यस्त जीवनशैली र साँंस्कृतिक भिन्नता रहेको प्रवासी नेपालीहरूले झेलीरहेको अदृश्य पीडालाई कम गर्न ५ अप्रिल २०२५ वाट मानसिक स्वास्थ्य सेवा शुरु गरेको भिक्टोरिया सरकारले जनाएको छ ।यो सेवा विशेषगरी स्थानीय समुदायलाई लक्षित गरी डिजाइन गरिएको हो 

 मानसिक तनाव र ब्यक्तिको विषयमा पनि सुन्ने र सामधान खोज्ने साथै ब्यक्तिको गोपनियता कायम राख्ने पनि जनाएको छ । डाक्टरको सिफारिस वा मेडिकेयर कार्डको आवश्यकता बिना नै जुनसुकै व्यक्तिले यो सेवा सजिलै लिन सक्नेछन् ।  आफ्नो भाषामा सेवा चाहनुहुन्छ भने, TIS National लाई १३ १४ ५० मा फोन गरेर भाषाको दोभाषे माग गर्न सकिन्छ । त्यसपछि तपाईंलाई १३०० ३७५ ३३० नम्बरमा जडान गराइनेछ, जहाँबाट सेवा पाउन सकिन्छ ।

विगत केही वर्षदेखि अष्ट्रेलियामा मानसिक स्वास्थ्य समस्याको संख्या बढ्दो छ, तर धेरै नेपालीहरूले यस्तो अवस्था चुपचाप सहँदै आएका छन् संकोच, भाषागत बाधा, वा जानकारीको अभावका कारण।यो सेवा २६ वर्ष वा सोभन्दा माथिका सबै वयस्कहरूका लागि खुला छ । चाहे विद्यार्थी होस वा काम गरिरहनु भएको होस्, वा घरमा—जो कोही पनि सेवा लिन आउन सक्नुहुने जनाएको छ ।

Mental Health & Wellbeing Local  केवल उपचार दिने सेवा होइन, यो सुनुवाइ, समझदारी, र साथ दिने केन्द्र हो। यहाँ मनोवैज्ञानिकहरू, सहकर्मी सहयोगीहरू र अनुभवी स्वास्थ्यकर्मीहरूले गोपनीय रूपमा, बिना डर वा लाज, तपाईंको कथा सुन्छन् र साथ दिन्छन्।नेपाली समुदायका धेरै सदस्यहरूले यस पहललाई स्वागत गरेका छन्। यो सेवा केवल मानसिक उपचारको विकल्प मात्र होइन—यो प्रवासी जीवनको भारी बिसाउने ठाउँ हो।