काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हिजो थाइल्याण्डको बैंककमा भेटवार्ता समपन्न भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीको यस कार्यकालमा मोदीसँगको यो भेट दोस्रो हो । यसअघि युएनको महासभामा भाग लिने क्रममा अमेरिकामा दुई प्रधानमन्त्रीबीच साइडलाईन भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली भ्रमण सकेर भोलि (शनिबार) स्वदेश फर्कने कार्यतालिका छ ।






