काठमाडौं महानगरको निर्णय सार्वजनिक सम्पत्तिको क्षतिको जरिवाना निर्मल निवासलाई

काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने तयारी गरेको छ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को टोलीले प्रदर्शनको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्ष निकालेको छ। प्रदर्शनमा निजी घर, सरकारी गाडी जलाउने, तोडफोडजस्ता गतिविधि भएपछि महानगरले क्षतिको मूल्यांकन गरी पत्र पठाउने तयारी गरेको छ।

शुक्रबार र शनिबार महानगर टोलीले क्षतिको विवरण संकलन गरेको छ, जसअनुसार हालसम्म क्षति करिब १० लाख रुपैयाँ हाराहारी देखिएको छ। यद्यपि, अन्तिम विवरण आउन बाँकी छ।