नेपाल फेष्टिभल मेलबर्नमा धुमधामसँग सुरु

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतिष्ठित नेपाल फेष्टिभल आज मेलबर्नको फेडरेसन स्क्वायरमा सुरु भएको छ। बिहान १० बजे बाट सुरु भएको राति १० बजेसम्म चल्ने यो महोत्सवमा हजारौं दर्शकको भीडको अपेक्षा गरिएको छ।

फेडरेसन स्क्वायर, मेलबर्नको प्रमुख स्थानमा आयोजित यस फेष्टिभलमा नेपाली सांस्कृतिक धारा र परम्पराको बृद्धि हुँदैछ जहाँ नेपालका विविध स्वादिष्ट परिकारहरू, नेपाली संगीत, नृत्य, र कला प्रदर्शित हुँदैछन्। यस महोत्सवमा नेपाल र नेपाली समुदायसँग सम्बन्धित विभिन्न व्यापारिक स्टलहरू पनि राखिएका छन्, जहाँ शिक्षा सेवा प्रदायक संस्थाहरू, बैंक, रेष्टुरेन्ट र रियल स्टेटका स्टलहरूले सहभागीलाई आकर्षित गर्दैछन्। त्यसैगरी मेलबर्नमा स्थान, फेडरेसन स्क्वायरमा नेपाली झण्डा फहराइएको छ, र यहाँको प्रिमियर जसिन्टा एलान आजको नेपाल फेष्टिभलमा विशेष अतिथिका रूपमा उपस्थित हुँदै छिन् जुन पहिलो पटक हो|

आजको कार्यक्रममा नेपाली मूलका व्यवसायीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन्, जसले दर्शकलाई रमाइलो वातावरण प्रदान गरेको छ। यस्तै, लक्की ड्र मार्फत विजेताहरुलाई आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ।

नेपाल फेष्टिभलमा २०,००० भन्दा बढी दर्शकको सहभागिता रहेको अनुमान गरिएको छ। विशेष रूपमा, बालबालिकाहरुले आफ्नो कला र साङ्गीतिक प्रस्तुति दिनेछन् भने, साँझको समयमा चर्चित कन्दरा ब्यान्ड ९ वर्षपछि यस फेष्टिभलमा प्रस्तुति दिनेछन । यसका अतिरिक्त, गायिका समिक्षा अधिकारी र गायक शिव परियारको प्रस्तुति पनि प्रमुख आकर्षण बन्नेछ, जसले उपस्थित दर्शकलाई आफ्नो गीतसँग झुमाउनेछन्।

यस वर्षको फेष्टिभलको तयारी अत्यन्तै जोसिला ढंगले गरिएको छ, जहाँ सुरक्षाको विशेष ध्यान दिइएको छ। स्टलहरू र कार्यक्रम स्थलमा काम शुक्रबारदेखि नै शुरु गरिएको थियो। यसले सहभागीहरूलाई सुरक्षीत र सुरक्षित वातावरणमा कार्यक्रमको मजा लिन सक्षम बनाएको छ।

नेपाल फेष्टिभल मेलबर्नको नेपाली समुदायको सांस्कृतिक धरोहर र मित्रताको प्रतीकको रुपमा हर्षोल्लासका साथ सम्पन्न हुने आशा गरिएको छ।