बलिउड अभिनेता आमिर खान प्रेममा, गौरी स्प्रेटसँग सम्बन्धमा

एजेन्सी । बलिउडका चर्चित अभिनेता आमिर खान आफ्नो ६० औँ जन्मदिनको अवसरमा प्रेम सम्बन्ध बारे खुलेर बोलेका छन् । भारतीय मिडियाका अनुसार, उनले जन्मदिनकै दिन बेंगलुरुकी गौरी स्प्रेटसँग आफ्नो प्रेम सम्बन्धको खुलासा गरेका छन् ।

आमिर खानले अघिल्ला दुई विवाहहरू – रीना दत्ता र किरण रावसँगको सम्बन्ध बारे पनि कुरा गरे । उनले सम्बन्धविच्छेदपछि पनि उनीहरूसँग पारिवारिक सम्बन्ध कायम रहेको बताए । अब, उनी तेस्रो पटक प्रेममा परेका छन् र गौरीसँग आफ्नो सम्बन्धलाई नयाँ मोड दिन लागेको जनाएका छन् ।

गौरी स्प्रेटको बारेमा आमिरले खुलाएका ५ विशेष कुरा
– गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् ।
– उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् ।
– आमिर र गौरी २५ वर्षअघि पहिलो पटक भेट भएका थिए, तर उनीहरूको प्रेम सम्बन्ध १८ महिना अगाडि मात्रै सुरु भएको हो ।
– गौरी पहिले नै विवाहित थिइन् र उनको ६ वर्षीय छोरा छ ।
– गौरीको मूल पहिचान तमिल र आयरिश दुवै भएको बताइएको छ ।

रिपोर्टअनुसार, आमिर र गौरीबीच २५ वर्षअघिदेखि चिनजान भएपनि बीचमा सम्पर्क टुटेको थियो । तर हाल पुन: भेट भएपछि उनीहरू सम्बन्धमा रहेका छन् । आमिरले गौरीलाई फिल्म उद्योगका लागि तयार पारिरहेको बताएका छन् । साथै, उनको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा गार्ड समेत राखिएको खुलासा गरेका छन् । हालै उनले गौरीलाई आफ्ना घनिष्ठ साथीहरू शाहरुख खान र सलमान खानसँग पनि परिचय गराएका छन् ।