पर्थका एक पूर्व चाइल्डकेयर कर्मचारीलाई तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ महिना जेल सजाय सुनाइएको छ। २२ वर्षीय प्रतिक भट्टराई, जो विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए, चाइल्डकेयर सेन्टरमा काम गर्दै थिए।
अदालतका अनुसार, भट्टराईले चाइल्डकेयर सेन्टरको घाँसेमैदानमा बालिका र अन्य कर्मचारीहरूको सामुहिक उपस्थितिमा यौन दुर्व्यवहार गरेका थिए। घटनापछि पीडित बालिकाले आफ्नो आमासँग यो कुरा शेयर गरेकी थिइन्। अदालतले यस घटनालाई एकदमै घिनलाग्दो र दुस्साहसी कार्यका रूपमा व्याख्या गरेको छ।
अदालतले भट्टराईको कार्यलाई परिवारको विश्वास र जिम्मेवारीको गम्भीर उल्लंघन भन्दै उनलाई कडा सजाय सुनाएको हो। भट्टराईले जेल सजाय पूरा गरेपछि अष्ट्रेलियाबाट नेपाल फिर्ता पठाइने निर्णय पनि गरिएको छ।
साथै, न्यायाधीशले भट्टराईलाई पीडितसँग कुनै पनि सम्पर्क राख्न नपाउने हिंसा प्रतिबन्ध आदेश (Violence Restraining Order) जारी गरेका छन्।
यो घटनाले चाइल्डकेयर क्षेत्रमा काम गर्नेहरूको कामको दायित्व र जिम्मेवारीको महत्वलाई एक पटक फेरि प्रष्ट पार्दै, बाल सुरक्षा र भद्रता जस्ता मुद्दामा गम्भीर सचेतना आवश्यक छ भन्ने कुरा देखाउछ ।






