मधेस सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने

नवनियुक्त मुख्यमन्त्री सिंह – पदभार ग्रहण महेन्द्रनगर (धनुषा), २५ जेठ ः मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः निरंजनकुमार साह÷ रासस

काठमाडौं । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका हुन् ।

मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेको हो । मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।