क्यानबेरा :अष्ट्रेलियाको लागि नेपाली राजदूत चित्रलेखा यादवले महिला सशक्तीकरण बिना कुनै पनि मुलुकको दिगो विकास सम्भव नहुने बताउनु भएको छ ।
नारी निकुञ्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली राजदूत यादवले बेइजिङ महिला सम्मेलनले महिला अधिकार, समानता, र नेतृत्वको आवश्यकतामा ग्यारेन्टीको घोषण पत्र जारी गरेको हुदा समग्र महिलाको दिगो सहभागिताले मात्र विकास सम्भव हुने बताउनु भएको हो ।
नोरिस नेशनल फाउन्डेसनको सहकार्यमा नारी निकुञ्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय महिला दिवस २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । लिभरपुलस्थित स्काईभ्यू रिसेप्शन फङ्शन सेन्टरमा आयोजित कार्यक्रममा लिभरपुलका सांसद चरिश्मा कलियान्दाले बेइजिङ महिला सम्मेलनले ल्याएको परिवर्तनलाई आत्मसात गर्दै अझ सशक्तरूपमा अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जानकी पौडेल लिखित Relationship र कोरोना कहर २०१९ पुस्तक विमोचन राजदूत यादवले गर्नु भएको थियो । अग्रता रेग्मीलाई वर्षको उत्कृष्ट स्वयंसेवक पुरस्कार प्रदान गरिएको थियो । सांस्कृतिक कार्यक्रमअन्तर्गत जेनिसा गौतमको नेतृत्वमा सामूहिक नृत्य प्रस्तुति गरिएको थियो ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, लिभरपुल नगर परिषदकी काउन्सिलर फियोना म्याकनट र नारी निकुञ्ज NSW की संयोजक सबला बस्नेत ANJA अध्यक्ष कृष्ण तिवारी, समाजसेवी रानी दिदी NSW बरूड काउन्सिलर सुकृति भट्ट लगायतले अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा चर्चा गर्नु भएको थियो ।

महिला सशक्तीकरण, समानता, र नेतृत्व प्रवद्र्धन गर्ने उद्देश्यले नोरिस नेशनल फाउन्डेसनको सहकार्यमा नारी निकुञ्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय महिला दिवस २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। लिभरपुलस्थित स्काईभ्यू रिसेप्शन फङ्शन सेन्टरमा आयोजित कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली राजदूत चित्रलेखा यादव प्रमुख अतिथि रूपमा सहभागी थिइन्।
नारी निकुञ्जकी राष्ट्रिय संयोजक सङ्गीता चापागाईंले कार्यक्रममा महिलाको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

