सुनको मुल्य तोलामा एक हजार चार सयले बढ्यो, चाँदीको मुल्य पनि बढ्यो

Fancy designer antique golden bracelets for woman fashion studio shot.

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ १ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।