क्यानबेरा,न्यू साउथ वेल्स सरकारले वार्षिक एक मिलियन टन फोहोरलाई ल्याण्डफिलबाट हटाएर कम्पोस्ट बनाउने लक्ष्य सहित फोहोर ब्यवस्थापन गर्ने नयाँ कानुन पारित गरेको छ ।
एक मिलियन टन फोहोरलाई ल्याण्डफिलबा ट हटाएर कम्पोस्ट बनाउने जटिल कामको ब्यवस्थापन गर्ने उद्धेश्य सहित खाना र बगैंचाबाट निस्कने फोहोर ( FOGO ) लाई अनिवार्य रिसाइकल गर्ने नयाँ कानुन सरकार द्धारा पारित गरिएको हो ।
यो निर्णय राज्यको वातावरण संरक्षण प्राधिकरण (EPA) को चेतावनीपछि आएको फोहोर नियन्त्रणमा सहभागी अभियान्ताहरुको भनाइ रहेको छ । यदि बेलैमा कुनै कदम नचालिएमा सिड्नीको फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल) दशकको अन्त्यसम्ममा पूरै भरिने बुझिएको छ ।
स्थानीय परिषदहरूले व्यवसायका लागि आगामी वर्षदेखि र घरायसी प्रयोगकर्ताका लागि २०३० सम्म FOGO रिसाइकल सेवा लागू गर्नेछन् । यस कानुनअन्तर्गत सुपरमार्केट, रेस्टुरेन्ट, अस्पताल, विद्यालय लगायतका स्थानमा विशेष फोहोर व्यवस्थापन डस्टबिनहरू उपलब्ध गराइनेछ ।
यसबाहेक, ठूला सुपरमार्केटहरूले दान गरिने खानाको परिमाण खुलासा गर्नुपर्नेछ । यदि परिषद वा व्यवसायहरूले नयाँ कानुनको पालना नगरेमा उनीहरुलाई अधिकतम $500,000 रुपैयाँ जरिवाना गरिने साउथ वेल्स सरकारले जनाएको छ ।
