बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले डन–३ बनाउँदै छन् । डन–३ मा रणवीर सिंहले डनको भूमिका निर्वाह गर्दै छन् । मेकरले फिल्मको टिजर पनि रिलिज गरेका छन् जसमा रणवीर सिंह नयाँ डनको भूमिकामा देखिनेछन् ।
एक अन्तरवार्तामा डन ३ ट्र्याकमा रहेको बताएका छन् । फिल्म न त रोकिएको न त यसमा ढिलाइ हुने उनले स्पष्ट बताएका छन् । ‘म कुनै पनि प्रश्नको उत्तर दिन आनाकानी गर्ने छैन । डन ३ यस वर्ष सुरु हुँदै छ र अर्को वर्षको अन्त्यतिर रिलिज हुनेछ,’ अन्तरवार्तामा उनले भनेका थिए ।
डन ३ मा रणवीर सिंहसँगै कियारा आडवाणी मुख्य भूमिकामा देखिने छिन् । मिडिया रिपोर्टका अनुसार ‘१२वीं फेल’ स्टार विक्रान्त मेस्सी पनि फिल्ममा देखिन सक्छन् । फिल्मको छायाङ्कनको खबर सुनेर फ्यानहरू धेरै खुसी छन् र फिल्मको रिलिजको पर्खाइमा छन् ।