फलामको भाँडामा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिग्रन सक्छ स्वास्थ्य

काठमाडौं । खानाको राम्रो स्वादको लागि सही सामाग्री जति महत्त्वपूर्ण छ । खाना पकाउनको लागि सही भाँडाकुँडाहरू छनोट गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ । अन्यथा, यसले स्वाद र स्वास्थ्य दुवैलाई असर गर्न सक्छ । धेरै नेपालीहरूले आफ्नो घरमा तरकारी बनाउन फलामको प्यान प्रयोग गर्छन्, किनभने यो स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

तर, सबै तरकारीलाई फलामको प्यानमा पकाउनु हुँदैन । यसले स्वास्थ्यलाई फाइदाको सट्टा हानी पुर्याउन सक्छ । हामीले कुरा गर्ने तरकारीहरू स्टिल वा आल्मुनियमको भाँडामा पकाउनु राम्रो हुन्छ ।

टमाटरको तरकारी
टमाटरको तरकारीलाई फलामको भाँडोमा पकाउनु हुँदैन् । यसले टमाटरको तरकारीको स्वाद बिगार्छ । यो तरकारीलाई फलामको भाँडोमा पकाउँदा धातुको गन्ध र स्वाद आउँछ ।

पालक
पालकको तरकारी पनि फलामको भाँडोमा पकाउनु हुँदैन किनभने यो तरकारीमा अक्सालिक एसिड प्रचुर मात्रामा पाइन्छ । जब तपाईं यसलाई फलामको प्यानमा पकाउनु हुन्छ । यसमा रहेको फलामले प्रतिक्रिया गर्छ, तरकारीको रंग र स्वाद दुवै बिगार्छ ।

अमिलो खानेकुरा
यस बाहेक फलामको भाँडोमा अमिलो तरकारी पकाउनु हुँदैन् । यसले स्वाद र रंग दुवै बिगार्छ । यसले तितोपन पनि निम्त्याउन सक्छ । फलामको प्यानमा पनि अमिलो खाना पकाउनु हुँदैन । तपाईं यसलाई बनाउन एल्युमिनियम वा माटोको भाँडा प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसैले फलामको भाँडामा खाना पकाउँदा यी कुरामा ध्यान दिन जरूरी छ । फलामको प्यानमा पकाएको खानालाई तुरुन्तै अर्को भाँडोमा परिणत गर्नुहोस् । यदि तपाईं चाहनुहुन्छ भने स्टिलको भाँडामा पकाउन सक्नुहुन्छ ।

फलामका भाँडाहरू धोए पछि तुरुन्तै कपडाले पुछ्नु होस् ताकी तिनीहरू ओसिलो नहोस् । किनभने यसले फलामका भाँडाहरूमा खिया लाग्न सक्छ । त्यस माथी फलामका भाँडाहरू राख्नु अघि तिनीहरूमा तोरीको तेलको पातलो तह लगाउनु होस् ।