अष्टेलियाको भिक्टोरिया राज्य सरकारले सार्वजानिक यातायातामा ट्याप एण्ड गो भुक्तानी प्रणाली लागू गर्ने तयारी गरिरहेको छ ।आगामी वर्षदेखि भिक्टोरिया राज्यका यात्रुहरूलाई सार्वजनिक यातायातमा ट्याप एण्ड गो भुक्तानी प्रणाली लागू गर्ने तयारी गरेको हो ।
भिक्टोरियाका यात्रुहरू सार्वजनिक यातायातमा बैंक कार्ड, फोन वा स्मार्टवाच प्रयोग गरी ट्याप गरेर यात्रा गर्न सक्ने भएका छन ्। “यो परियोजना सार्वजनिक यातायातका सबै मोडमा लागू हुने भएकाले सावधानीपूर्वक अगाडि बढ्न आवश्यक छ। हामी ध्यानपूर्वक र योजनाबद्ध रूपमा ‘ट्याप एण्ड गो’ प्रविधि कार्यान्वयन गर्दैछौं,” सार्वजनिक यातायात मन्त्री ग्याब्रिएल विलियम्सले भन्नु भयो ।
तर, अहिलेको माइकी (Myki) प्रणाली यथावत् सञ्चालनमा रहने भएकाले यात्रुहरूलाई तत्काल कुनै परिवर्तनको सामना गर्नुपर्ने छैन।नयाँ प्रणाली लागू हुने ठोस मिति भने सरकारबाट घोषणा गरिएको छैन। सरकारले गत वर्ष भिक्टोरियाको उत्तरपूर्वी क्षेत्र वान्गाराटाको चार स्थानिय बस रूटहरूमा ‘ट्याप एण्ड गो’ प्रविधिको परीक्षण गरिसकेको छ । यस प्रणालीलाई सार्वजनिक यातायातका सबै सेवा क्षेत्रमा विस्तार गर्न क्रमशः परीक्षण गर्दै अघि बढ्ने योजना सरकारले बनाएको छ ।
नयाँ प्रणाली सन् २०२२ मा नियुक्त अमेरिकी कम्पनी ‘Conduent ले स्थापना र सञ्चालन गर्नेछ। यस प्रणालीले भिक्टोरियाको सार्वजनिक यातायात भुक्तानीलाई आधुनिक र सहज बनाउने सरकारको अपेक्षा छ ।






