अस्ट्रेलिया सबैभन्दा कम भ्रष्टाचार हुने स्थानमा पर्न सफल

अस्ट्रेलिया सबैभन्दा कम भ्रष्टाचार हुने १० देशमध्ये एक उत्कृष्ट बन्न सफल भएको छ । सन् २०२४ मा ७७ अंक प्राप्त गर्दै अस्ट्रेलिया सबैभन्दा कम भ्रष्टाचार हुने १० देशमध्ये एक उत्कृष्ट बन्न सफल भएको हो । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सुचक (Corruption Perceptions Index) अनुसार अस्ट्रेलिया सबैभन्दा कम भ्रष्टाचार हुने देशको सुचीमा पर्न सफल भएको छ ।

 पछिल्लो वर्ष अस्ट्रेलियाले नियमनकारी निकायलाई प्रभावकारी बनाउनुका साथै जनमुखी कार्यक्रमहरू कार्यान्वयन गरेपछि सुधार देखिएको बताइएको छ ।

भ्रष्टाचार न्यूनीकरणमा खासै प्रगति नहुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि झन् खस्कँदै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सुचक (Corruption Perceptions Index) अनुसार नेपाल १ सय ८० देशहरूमध्ये १ सय ७औं स्थानमा पुगेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल एक स्थान तल झरेको छ ।

नेपालले १ सयमा ३४ अंक मात्र प्राप्त गरेको छ । जुन सन् २०२३ को ३५ अंकभन्दा कम हो । यो गिरावटले भ्रष्टाचार नियन्त्रणमा नेपाल अझै कमजोर बन्दै गएको देखाउँछ ।

विश्वकै कम भ्रष्टाचार भएका देशहरू

पहिलो ः डेनमार्क

दोस्रो ः फिनल्यान्ड

तेस्रो ः सिंगापुर

चौथो ः न्यूजिल्यान्ड

अग्रस्थानमा रहेका अन्य देशहरूमा नर्वे, स्वीडेन, नेदरल्याण्ड आदि परेका छन । त्यसैगरि नेपालको अवस्था बिग्रिँदै गएको बेला अस्ट्रेलिया भ्रष्टाचार नियन्त्रणमा सफल देखिएको छ  भने  सुशासनलाई बलियो बनाउन नेपालले पनि प्रभावकारी नीतिहरू अपनाउन आवश्यक देखिन्छ।