अस्ट्रेलियामा महाशिवरात्री विशेष पूजा  

महाशिवरात्रीको अवसरमा सनातन  समाज अस्ट्रेलियाले फेब्रुअरी २६ तारिख (यही फागुन १४गते)  विशेष पूजा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 क्यानबेरास्थित 235 Narrabundah Ln,Symonston ACT 2609  मा यही फेब्रुअरी २६ तारिख (बुधबार) का दिन आयोजना गरिने भएकाले भक्तजनहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको हो ।

विविध धार्मिक अनुष्ठानहरूः शिव पञ्च स्नान,शिव पञ्चाक्षरी स्तोत्र पाठ,महामृत्युंजय जप,शिव ताण्डव स्तोत्र पाठ,शिव महात्म्य,शिव भजन कीर्तन,प्रसाद भोजन र आवृत्ति रुद्र पाठ लगायत हुने छन् । 

यस धार्मिक कार्यक्रममा सहभागी हुन इच्छुक भक्तजनहरूले  १० डलर  वा  २० डलरको  नगद दान गर्न सक्ने व्यवस्था सनातन  समाज अस्ट्रेलियाले जनाएको छ ।

 इच्छुक भक्तजनहरूले  Sanatan samaj Australia को खातामा योगदान गर्न सक्नेछन । सनातन समाज अस्ट्रेलियाले सम्पूर्ण भक्तजनहरूलाई यस पवित्र अवसरमा सहभागिता जनाई शिव कृपा प्राप्त गर्ने अवसर लिन अनुरोध गरेको छ ।

 थप जानकारी का लागि  पण्डित बसु देव ढकाल  ०४१०६८३४५० मा सम्पर्क गर्न सक्नु  हुनेछ |