नेपथ्यको टिमले क्यानबेरामा साँगीतिक प्रस्तुती दिने

क्यानबेरा,फेब्रुअरी १०: नेपालको सांगीतिक ब्याण्ड नेपथ्यले आउँदो मार्चको ३ तारिख (यही फागुन १९गते) यस पटक अस्ट्रेलियामा आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ ।सन् २०२३ लाई मानवता प्रवद्र्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले यस पटक अस्ट्रेलियाको क्यानबेरा सहरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

नेपथ्यले नेशनल कन्भेन्सन सेन्टर (31 Constitution Ave), क्यानबेरामा साँगीतिक कार्यक्रम आयोजना गर्ने  TRN  इभेन्टले जनाएको छ ।

 नेपथ्य क्यानबेरा कन्सर्ट नाम दिएको साँगीतिक कार्यक्रममा ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ सहितको टिमले साँगीतिक कार्यक्रम प्रस्तुती दिने छन् ।

क्यानबेरा कन्सर्टमा  नेपथ्य ब्याण्डका चर्चित  गीतहरु  ताल को पानि ,  जोगले हुन्छ भेट , रेसम ,रातो र चन्द्र सुर्य ,गण्डकीको  तिरैमा ,जोम्सोमे बाजारमा ,छेक्यो छेक्यो आदि चर्चित गीत गाएर अष्ट्रेलियाको क्यानबेरावासी र नेपालवाट गएर सो मुलुकमा बसोवास गरी रहेको नेपाली दाजु भाई दिदी बहिनीहरुलाई भरपुर सांगीतिक मनोरञ्जन  दिने र साँगीतिक कार्यक्रमको पूर्व तयारीमा नेपथ्य क्यानबेरा कन्सर्टको टिम सक्रिय रहेको प्रस्तुतकर्ता   Vibe  in the Capital ले जनाएको छ ।

थप  विवरण :

🔹 मिति: ३ मार्च २०२५
🔹 स्थान: नेशनल कन्भेन्सन सेन्टर, क्यानबेरा (31 Constitution Ave, Canberra ACT 2601)
🔹 टिकेट: Ticketek मार्फत उपलब्ध
अर्ली बर्ड टिकट  को लागि लागि तलको लिंक मा  क्लिक  गरि  बुकिंग गर्न सक्नु हुनेछ |

https://premier.ticketek.com.au/shows/show.aspx?sh=NEPLIVEC25