नेशनल अष्ट्रेलिया बैंकले महगीका कारण गृह कर्जाकोको ब्याचदर घट्यो 

नेशनल अष्ट्रेलिया बैंक (एनएबी) ले सन् २०२५ का लागि गृह कर्जाको ब्याचदर घटाएको छ । 

अष्ट्रेलियाको ठूला चार बैंकहरू मध्ये नेशनल अष्ट्रेलिया बैंकले पहिलो पटक आफ्नो fixed-rate mortgage को ब्याजदर घटाएको हो । 

अष्ट्रेलियाको बजार महगी बढ्दै गएकाले mortgage को ब्याजदर घटाउनु परेको नेशनल अष्ट्रेलिया बैंकका अधिकारीहरुले बताएका छन् । गृह कर्जाको(mortgage)
ब्याचदर घटाउने निर्णयले ऋणीहरुलाई राहत पुग्ने र ठूलो मात्रामा कर्जाको ब्याच संकलनमा सहयोग पुग्ने एनएबी बैंकले जनाएको छ । 

एनएबीका प्रमुख अर्थशास्त्री एलन ओस्टरले भन्नु भयो–हामी आरबीएले ब्याजदरलाई २०२६ को फेब्रुअरीसम्म बिस्तारै घटाउँदै ३.१ प्रतिशत पुर्याउनेछ लक्ष्य रहेको छ । 

यससँगै अब एनएबीको सबैभन्दा न्यूनतम स्थिर ब्याजदर ५.८४ प्रतिशत पुगेको छ, जुन तीन वर्षे अवधिका लागि कम्तीमा २० प्रतिशत भुक्तानी दिनेहरुलाई लागू हुनेछ ।

यो निर्णय अष्ट्रेलियन रिजर्भ बैंक को आगामी बैठकभन्दा दुई हप्ता अगाडी आएको हो, जहाँ ब्याजदर घट्ने सम्भावना छ ।एनएबी बैंकका अनुसार, महंगी अपेक्षा गरेभन्दा छिटो घट्दै गएकोले आरबीए फेब्रुअरी महिनामा २५ बेसिस पोइन्ट्स ब्याजदर कटौती गर्न सक्ने अनुमान छ ।