विपक्षी दलको विरोध आलोचनापछि मन्त्री जो हेलियनको राजिनामा

सार्वजनिक स्रोतको दुरुपयोगको आरोप लागेपछि न्यू साउथ वेल्सकी यातायात मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु भएको छ ।

सार्वजनिक बिदाको दिन सरकारी साधन र चालकलाई निजी प्रयोजनका लागि प्रयोग गरेको र नजिकका साथीहरूसँग लञ्चमा ७५० डलर खर्च गरेको विषय बाहिर आएपछि साउथ वेल्सकी यातायात मन्त्री जो हेलियनले पदवाट राजीनामा दिनु भएको हो ।

 जो हेलियनले पत्रकार सम्मेलन गरी मन्त्री पदवाट राजीनामा दिएको जानकारी दिदै हेलियनले भन्नु भयो–मैले कुनै नियम उल्लङ्घन गरेको छैन,तर यस घटनाले सरकारको छविमा नकारात्मक आँच नआवोस भनेर मैले नैतिकताको आधारमा  राजीनामा दिएको हुँ । आरोपको सत्य तथ्य छानविन होस उहाँले भन्नु भयो । 

यो प्रकरणले केही दिनदेखि राज्यको राजनीतिक माहोल तातिएको थियो । विपक्षी दलले हेलियनमाथि सार्वजनिक स्रोतको गलत प्रयोग गरेको आरोप लगाउँदै सरकारको जवाफदेहीतामाथि प्रश्न उठाएको थियो । यस प्रकरणले न्यू साउथ वेल्सका नागरिकहरूबीच सार्वजनिक पदधारण गर्ने नेताहरूको जिम्मेवारी र नैतिक मूल्यप्रति गहिरो चासो उत्पन्न गराएको छ। राजीनामाले सरकारभित्र नैतिकताको मापदण्ड कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि दिएको छ।