क्यानबेरामा नेपाल आइडल विजेता करण परियारसहित शिवको प्रस्तुति

क्यानबेरा,फेब्रुअरी ४: हामी दाजुभाई  द सेलेब्रेशन क्रू अष्ट्रेलियाले नेपाली गीत संगीतको मनोरञ्जन दिने उद्धेश्यले आउँदो फेब्रुअरी १५ तारिखका दिन भब्य साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । 

अष्ट्रेलियाको क्यानबेरामा आयोजना गरिने सांगीतिक कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार र चर्चित गायक शिव परियार लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको हो । सो साँगीतिक कार्यक्रम क्यानबेराको ब्रिस्टल क्लब हाउसमा आयोजना हुने बुझिएको छ ।

कार्यक्रममा गायक शिव परियारले पाकेर खाको फल मिठो, पिलायो साथीले, नभेटी नभेटि , क्या दामी भो,हल्ला हल्ला मै माया बस्यो, आशुको अर्थ, फेवातालमा साइली आदि चर्चित गीत गाएर अष्ट्रेलियाको क्यानबेरावासी र नेपालवाट गएर सो मुलुकमा बसोवास गरी रहेको नेपाली दाजु भाई दिदी बहिनीहरुलाई भरपुर सांगीतिक मनोरञ्जन दिने आयोजक हामी दाजुभाई सेलेब्रेशन क्रू अष्ट्रेलियाले जनाएको छ ।

  त्यसैगरी कार्यक्रममा नेपाल आइडलकी पहिलो सिजन रनर अप सालोमे गुरुङ र अभिनेत्री,मोडल तथा डान्सर झरना रिजालको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । आज मन उढेर भाग्छ,अल्झे छ क्यारे पछौरी,देशले रगत मागे लगायतका विभिन्न चर्चित गायकहरुले गाउनु भएको गीत गाएर नेपाल आइडलको विजेता बनेका गायक करण परियारको पनि विशेष साँगीतिक प्रस्तुती रहेने फेब्रुअरी १५ तारिख २०२५ (फागुन ३ गते शनिवार ०८१) बताइएको छ ।  

सांगीतिक प्रस्तुती हेर्नका लागि सीमित सिट मात्र रहेको आयोजकले जनाएको छ । साथै कार्यक्रमका लागि प्रायोजन खुला गरिएको हुदा इच्छुक फर्म,ब्यक्तिले प्रायोजकहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

थप जानकारीका लागि:
फोन: 0404 410 989 / 0414 820 721
इमेल: thecelebrationcrews@gmail.com