क्यानबेरा,फेब्रुअरी ४ :फेब्रुअरी ७देखि ८तारिख सम्म एसीटी गर्भरमेन्ट अष्ट्रेलियाको नेशनल मल्टी कल्चरल फेस्टिभलको अवसरमा मिनी नेपाल इन अष्ट्रेलियाको आयोजना हुने भएको छ ।
मिनी नेपाल अस्ट्रेलिया आयोजना गर्ने जिम्मा क्यानबेरा को पुरानो संस्था अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटी ( ANFS ) ले लिदै आएको छ |
नेशनल फेस्टिभलमा लोकप्रिय गायिका अस्मिता अधिकारीको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । अस्मिता का चर्चित गीतहरु चम्चा पिलेट,घरमा कोही नहुदा,राम राम मारौती,को होला त्यो,लाइटरले बिडी ,लाजावती झार जस्तै ,तिम्रो मायाले बाधेर राख , आदि जस्ता सुमधुर गीतहरु गाएर अस्ट्रेलियावासीलाई मनोरञ्जन दिनु हुने छ ।
अस्ट्रेलिया भरि रहेका विभिन्न कला संस्कृतिको प्रोत्साहन गर्ने उद्देश्यले मिनी नेपाल इन अष्ट्रेलिया आयोजना गरिएको हो । यस पर्वको अवसरमा हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेराले कार्यक्रमको आयोजना गरेको छ ।
क्यानबेरामा हुन गैरहेको नेशनल मल्टी कल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटी ले विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्ने भएको छ ।
कार्यक्रम २०२५ फेब्रुअरी ८,तारिख (०८१ माघ२६ गते) शनिबारका दिन क्यानबेराको ग्लीब पार्क स्टेजमा साँझ ५ः३० बजेबाट शुरु हुने बुझीएको छ । राष्ट्रिय बहुमुखी पर्वमा नेपाली परम्परागत नृत्य, सांगीतिक प्रस्तुति तथा संस्कृति झल्काउने विभिन्न कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ ।
फेस्टिभलको अर्को आकर्षण फेब्रुअरी ७ (शुक्रबार) का दिन आयोजना गरिने नेपाली स्ट्रीट फुड स्टल मा नेपाली परिकारहरूको स्वाद लिन सकिने छ । साँझ हुने मिनी नेपाल इन अष्ट्रेलिया पर्वमा परेड समेत हुनेछ । सोही कार्यक्रममा नेपाली पोशाक र झाँकीहरू पनि प्रदर्शन गरिने छ ।
क्यानबेरामा बसोबास गर्ने नेपाली समुदाय तथा नेपाली संस्कृतिमा रुची राख्ने जो–कोहीका लागि नेपाली संस्कृति झल्काउने मुख्य अवसर हुने आयोजक समिति सदस्य तथा नेपाली अगुवाले जनाएका छन् । कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिन इच्छुक व्यक्तिहरूले आयोजकसँग सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
स्थानः ग्लीब पार्क, क्यानबेरा अस्ट्रेलिया
मितिः फेब्रुअरी ७–८,२०२५ (०८१ माघ २५ देखि २६ गते)
समयः साँझ ५ः३० –१०ः३० बजे (मुख्य सांगीतिक कार्यक्रम)
अस्ट्रेलियाको क्यानबेरा क्षेत्र भरि बसोवास गरी रहनु भएका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई नेशनल मल्टी कल्चरल फेस्टिभललाई सफल पार्न आयोजक समिति हार्दिक अनुरोध गर्दछ ।
