वैज्ञानिकहरूका अनुसार अफ्रिकी महादेशको टेक्टोनिक प्लेटहरू बिस्तारै टुक्रिँदैछन्, जसले दीर्घकालीन भविष्यमा महादेशलाई दुई भागमा विभाजन गर्न सक्छ। सन् २००५ मा इथियोपियाको अफार मरुभूमिमा देखा परेको ३५ माइल लामो दरारले यस प्रक्रियालाई पहिलोपटक स्पष्ट रूपमा देखाएको थियो।
यो दरार इष्ट अफ्रिकन रिफ्ट सिस्टम (East African Rift System) को हिस्सा हो, जुन अफ्रिकन प्लेट र सोमनालिया प्लेट बीच फैलिँदै गएको टेक्टोनिक गतिविधिको परिणाम हो। वैज्ञानिकहरूका अनुसार, हरेक वर्ष यी प्लेटहरू करिब ७ मिलिमिटरको दरले टाढा हुँदैछन्।
यदि यो प्रक्रिया निरन्तर जारी रह्यो भने करिब ५० लाख वर्षपछि अफ्रिकाको पूर्वी भाग मुख्य भूमिबाट अलग भएर नयाँ महासागर बन्ने सम्भावना छ। यसले नयाँ समुद्री मार्गहरू र भूगोलिक परिवर्तन ल्याउनेछ, जसले विश्वव्यापी भू-राजनीति र व्यापारमा समेत ठूलो प्रभाव पार्न सक्छ।
यद्यपि, यो प्रक्रिया लाखौं वर्षसम्म फैलिने भएकाले हालको पुस्तालाई प्रत्यक्ष असर पर्ने सम्भावना छैन, तर भूगर्भशास्त्र र भू-परिवर्तनका अध्ययनमा यो एक रोचक र महत्वपूर्ण विषय बनेको छ।
