अष्ट्रेलियाको तास्मानिया राज्यमा नेपाल फेस्टिभल २०२५ को मिति घोषणा भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) तास्मानियाले आगामी २९ मार्च २०२५ मा होबर्टको पार्लियामेन्ट अगाडी को चौर मा फेस्टिभलको आयोजना हुने जानकारी दिएको छ।
नेपाली संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुने यो फेस्टिभल तास्मानियाका नेपाली समुदायका लागि मात्रै होइन, अष्ट्रेलियाली दर्शकहरूलाई नेपाली कला, परम्परा, खाना र संगीतसँग जोड्ने एउटा प्रमुख अवसर हो।
फेस्टिभलमा नेपाली खानाका स्टलहरू, परम्परागत नृत्य, संगीत, र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। संघले स्पोन्सर , सांस्कृतिक कार्यक्रम प्रस्तुत र स्वेंसेवक गर्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ, जसका लागि NRNA Tasmania फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ।
अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार, होबर्टमा नेपाली भाषा तेस्रो सबैभन्दा धेरै बोलिने भाषा हो। यसले त्यहाँको नेपाली समुदायको बाक्लो उपस्थितिलाई पनि प्रस्ट पार्छ।
नेपाल फेस्टिभल तास्मानियामा नेपाली पहिचान, संस्कृति र पर्यटनको प्रतिनिधित्व गर्ने एउटा मुख्य कार्यक्रम हो। यसले नेपाली र अष्ट्रेलियाली समुदायबीच सांस्कृतिक सम्बन्ध बलियो बनाउने अवसर प्रदान गर्दछ।
