हाम्रा कुन-कुन गल्तीहरू घरमा गरिबीको कारण बन्न सक्छ ?

एजेन्सी । सनातन धर्ममा ज्योतिष र वास्तु शास्त्रको विशेष महत्व छ । त्यसैले मानिसहरूले घर बनाउँदा र घरको सरसफाइ तथा सामग्रीको व्यवस्थापनमा ध्यान दिनुपर्छ । हाम्रो जीवनमा आइपर्ने धेरै समस्याहरूको एउटा ठूलो कारण वास्तु दोष हो । हिन्दू धर्म शास्त्रमा धेरै यस्ता नियमहरू बताइएका छन्, जसलाई दैनिक जीवनमा पालन गर्नुपर्छ । यी नियमहरूको पालना नगर्दा समस्या निम्तिन सक्छ, र धनकी देवीको कृपा प्राप्त नहुन सक्छ । यसको परिणामस्वरूप आर्थिक तंगीको सामना गर्नुपर्छ । अब कुरा उठ्छ, हाम्रा कुन-कुन गल्तीहरू घरमा गरिबीको कारण बन्न सक्छ ?

१. ब्रह्म मुहूर्तमा नउठ्नु:
दिनचर्या सूर्योदयको समयमा वा त्यसअघि सुरु गर्नु शुभ मानिन्छ । यसले सकारात्मक ऊर्जा ल्याउँछ । मान्यता छ कि सूर्योदयपछि उठ्दा घरमा गरिबी आउन सक्छ । त्यसैले सधैं ब्रह्म मुहूर्तमा उठ्ने प्रयास गर्नुपर्छ ।

२. बिहिबार कपाल काट्नु:
बिहिबार वा एकादशीका दिन कपाल वा नङ काट्नु अशुभ मानिन्छ । यस्तो गर्नाले धनकी देवी रिसाउँछिन् र घरमा आर्थिक समस्या निम्तिन सक्छ ।

३. घरमा पानी चुहिनु:
घरको नल वा टंकीबाट पानी चुहिनु अशुभ मानिन्छ । यसले घरमा आर्थिक समस्याहरू निम्त्याउन सक्छ । त्यस्तै, घरभित्र बिग्रिएको इलेक्ट्रोनिक सामग्री राख्नु पनि अशुभ मानिन्छ । यसले धन हानि गराउन सक्छ ।

४. घरमा च्यातिएको चप्पल राख्नु:
च्यातिएका चप्पल घरमा राख्नु अशुभ मानिन्छ । यस्ता चप्पल र पुराना कपडाहरू घरमा राख्न हुँदैन । यसले धनकी देवी रिसाउँछिन् । यस्ता सामग्रीहरू दान दिनु वा उपयुक्त रूपमा व्यवस्थापन गर्नु राम्रो हुन्छ ।

५. पूजा नगर्नु:
हिन्दू धर्ममा पूजा, जप र व्रतलाई निकै महत्वपूर्ण मानिन्छ । यदि तपाईँले घरमा पूजा वा व्रत गर्नुहुन्न भने धनकी देवी रिसाउन सक्छिन्, जसको कारण घरमा आर्थिक समस्या र गरिबी आइपर्छ ।

धार्मिक नियम र वास्तु शास्त्रमा उल्लिखित यस्ता कुराहरूको पालना गर्दा घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ र आर्थिक समस्या टाढा रहन्छ । घरको समृद्धिका लागि यी साना तर महत्त्वपूर्ण उपायहरूलाई जीवनमा अपनाउनु आवश्यक छ ।