पुष २, २०८१ काठमाडौँ: नेपाली यू-१९ महिला टी-२० टिमले एशिया कप अन्तर्गत आज भारतको सामना गर्दै छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ ।
आइतबारदेखि शुरु भएको महिला यू१९ एशिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर फोरमा स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।
आज नेपाल र भारतबीचको खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ । एशिया कपमा पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली महिला टिम हाल मलेसियामा रहेको छ ।
नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवा, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
यू-१९ टी-२० महिला एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुदै छ । एशिया कपमा नेपालसहित ६ देश सहभागी हुदै छन् ।
नेपाल समुह ए मा बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन् । त्यस्तै समुह बी मा भारत र पाकिस्तानसँग रहेको छ ।