कतिपय मानिसमा एक पटक पकाएको मासु तथा अन्य परिकार धेरै दिन राखेर खाने बानी हुन्छ । तर यस्ता खानपानले हाम्रो स्वास्थ्य असर गर्छ । त्यसैले स्वास्थ्यमा असर हुन नदिन खानपानमा केहि कुरा ध्यान दिन आवश्यक छ ।
बासी नखाने
बासी खाना त्यसै पनि राम्रो होइन । तर मासुको हकमा भने प्रोटिन तत्व आगोले नष्ट नगर्ने, बासी हुँदा पनि नजाने हुँदा एक दुई दिनसम्म सुरक्षित प्रयोग गर्न त सकिन्छ । तर धेरै बासी खानु राम्रो हुदैँन । अझ गन्हाइसकेको मासु वा किटाणुहरु पनि आइसकेको मासु खाँदा स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसैले दसैँमा थोरै थोरै सधैँ पकाएर खाँदा स्वास्थ्यलाई कुनै पनि असर गर्दैन ।
फ्रिजमा खानेकुरा राखेर
धेरै मानिसले गर्ने अर्को गल्ती हो, फ्रिजका राखेको खानेकुराको प्रयोग । फ्रिजमा राखेर लामो समयसम्म खानेकुरा खानु ठीक हुदैँन । फ्रिजमा धेरै दिन राखेको खानेकुरालाई स्वास्थकर हुदैँन । दूग्धजन्य पदार्थहरु छिट्टै बिग्रिने हुँदा फ्रिज प्रयोग गर्नु पर्छ । अरु खानेकुरा पनि एक दुई दिनसम्म फ्रिजमा राख्न सकिन्छ । तर छोपेर राख्नुपर्ने हुन्छ । तातो, अमिलो, पिरो, तेलयुक्त पदार्थ प्लास्टिकको सामानमा प्रयोग नगर्दा राम्रो हुन्छ ।
बोसोको प्रयोग
मासु स्वास्थ्यका लागि फाइदाजनक हो, तर बोसोजन्य मासुले स्वास्थ्यलाई फाइदा गर्दैन । बोसो निकालेर रातो मासु बनाएको भन्दा पनि बोसो नै नभएको मासु राम्रो हुन्छ । अर्को प्रशोधन नगरेको ताजा मासु खानु राम्रो हुन्छ । अहिले धेरै बोसोजन्य मासु पाइने हुँदा हानिकारक भनिएको हो । यस्तो मासुमा प्रोटिनको मात्रा कम हुन्छ ।