अस्ट्रेलियाको उच्च अदालतले दिएको ऐतिहासिक फैसलाले अन्यायपूर्ण रूपमा जागिरबाट निकालिएका कामदारहरूलाई मानसिक स्वास्थ्यमा परेको असरका लागि compensation माग गर्ने अधिकार दिएको छ। यो फैसलाले employment contract को breach का कारण depression वा anxiety जस्ता समस्या भएमा former employer विरुद्ध मुद्दा दायर गर्न सकिने नयाँ मापदण्ड स्थापित गरेको छ।
यो मुद्दा Adam Elisha को थियो, जो करिब १० वर्षसम्म Vision Australia मा adaptive technology consultant को रूपमा कार्यरत थिए । Adam Elisha आफ्नो जागिर अवधिभर दृष्टिविहीन व्यक्तिहरूलाई सहयोग पुर्याउन अस्ट्रेलियाभर यात्रा गर्ने गर्थे । आफ्नो अन्तिम समयतिर Elisha ले workplace stress र mental health समस्या, जस्तै anxiety र depression को सामना गरेएका थिए ।
सन् २०१५ मा एउटा काम सम्बन्धी यात्राको क्रममा उनि बसेको होटलका कर्मचारीले उनलाई आक्रामक र डर ,त्रास पैदा गर्ने खालको व्यवहार गरेको आरोप लागाए । यो आरोपका आधारमा Vision Australia ले उनलाई disciplinary action गर्ने निर्णय गर्यो। बिदा सकेर कार्यालय फर्केपछि Elisha लाई कामबाट stand down गरिएको र आगामी meeting सम्म कुनै सहकर्मीसँग कुरा गर्न नपाउने जानकारी दिइयो। आरोप अस्वीकार गरे पनि Adam Elisha केही दिनमै जागिरबाट निकालिए।
जागिर गुमेपछि Elisha लाई severe depression भयो। उनले unfair dismissal को दाबी गर्दै Fair Work Commission मा मुद्दा हाले, जसमा उनलाई $२७,००० प्रदान गरियो। पछि, सन् २०२० मा, उनले Victorian Supreme Court मा अर्को मुद्दा दायर गरे। यसमा उनले dismissal process ले employment contract को उल्लङ्घन गरेको र यसकै कारण आफ्नो mental health बिग्रिएको दाबी गरे। अदालतले Elisha को पक्षमा फैसला गर्दै उक्त प्रक्रियालाई “unfair, unreasonable, र wholly inappropriate” भनेको थियो। अदालतले उनलाई $१ मिलियनभन्दा बढी क्षतिपूर्ति दिन आदेश दियो।
Vision Australia ले यो फैसलाविरुद्ध appeal दायर गर्दै mental health सम्बन्धी compensation दिन कानूनी आधार नरहेको दाबी गर्यो। तर High Court ले appeal अस्वीकार गर्दै प्रारम्भिक फैसलालाई सदर गर्यो। अदालतले स्पष्ट गर्यो कि employment contract को breach का कारण mental health मा असर परे compensation माग गर्न सकिने छ।
यो फैसलाले सन् १९०९ देखि कायम legal precedent लाई उल्ट्याएको छ। यसले unfair dismissal का कारण जागिर गुमाएका कामदारहरूको अधिकारलाई थप बलियो बनाउँदै यस्ता मुद्दाहरूमा employer को accountability लाई सुनिश्चित गरेको छ।