राष्ट्रपतिद्वारा पाँच नयाँ राजदूतको नियुक्ति

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा मुलुकका लागि नयाँ राजदूतहरुको नियुक्ति गरेका छन्। पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि नियुक्त भएका राजदूतहरुको नाम सार्वजनिक गरिएको छ। राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार, संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यी नियुक्तिहरु गरिएको हो।

नियुक्त राजदूतहरुको नाम यस प्रकार छन्:

  • पोर्चुगलका लागि प्रकाशमणि पौडेल,
  • स्पेनका लागि सनिल नेपाल,
  • दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ,
  • बेल्जियमका लागि सेवा लम्साल, र
  • दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङफे।

 आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो ।