शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले कमी भएको छ।
बिहीबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर १ लाख ५३ हजार रुपैयाँमा झरेको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँमा रहेको चाँदी शुक्रबार घटेर १ हजार ८६० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।