बाइडेनले दिए १५ सयभन्दा बढी कैदीलाई सजाय माफी

काठमाडौँ: अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक अपराधमा दोषी ठहर भएका १५ सय ३९ अमेरिकी नागरिकको सजाय माफ गरेका छन् ।

ह्वाइट हाउसका अनुसार यो एकै दिनमा जारी गरिएको माफीको सबैभन्दा ठूलो संख्या हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई महाभियोग बाहेक अन्य अपराधका लागि छुटकारा वा क्षमा दिने अधिकार दिएको छ ।

यस अघि राष्ट्रपति बाइडेनले पनि आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफ गरेका थिए । बाइडेनको यो कदमको आलोचना पनि भएको थियो ।

बाइडेनले यसअघि छोराको सजाय माफी नदिन बताउदै आएका थिए । तर, पछि उनले छोराविरुद्धको मुद्दा राजनीतिक प्रेरित भएको तर्क गर्दै सजाय माफी दिएका थिए । हन्टर दुई संघीय आपराधिक मुद्दाहरूको सामना गर्दै थिए र दोषी ठहरिएका थिए ।