काठमाडौं — लोकप्रिय टिकटक प्रयोगकर्ता जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको टिकटक अकाउन्ट सोमबार बिहानदेखि सामाजिक सञ्जालबाट गायब भएको छ। दुवैको अकाउन्ट एकाएक हराउँदा उनीहरू ट्रोलको शिकार बनेका कारण यो घटना भएको अनुमान गरिएको छ।
पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाखभन्दा बढी फलोअर थिए, जबकि नेपाली युवक आयुषसिंह ठकुरीको अकाउन्टमा १३ लाख फलोअर थिए। हाल, उनीहरूको टिकटक अकाउन्टको युजरनेम खोज्दा पेज उपलब्ध नभएको देखिन्छ।
उक्त अकाउन्टहरू उनीहरू आफैंले अस्थायी रूपमा हटाएका हुन् वा टिकटकले प्रतिबन्ध लगाएको हो भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।






