सुनचाँदीको मूल्य उकालो: नयाँ दर सार्वजनिक

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २,१०० रुपैयाँले बढेर १ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य १ लाख ५० हजार १०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले वृद्धि भई १ हजार ९२५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ थियो।