पर्थमा घर भाडा सिड्नी भन्दा महँगो

हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार, अब अस्ट्रेलियाका सबै शहरहरू मध्ये पर्थ घर र कोठा भाडामा सबैभन्दा महँगो बनको छ। सिड्नीलाई उछिन्दै पर्थमा घर र कोठाको भाडा सबैभन्दा उच्च स्तरमा पुगेको छ।

तथ्यांकले देखाएको छ कि पर्थमा औसत भाडा प्रतिहप्ता ६२९ डलर रहेको छ, जुन सिड्नीको ६१० डलर भन्दा बढी हो। वेस्टर्न अस्ट्रेलियाका बासिन्दाहरूले आफ्नो आयको लगभग ३१ प्रतिशत घरको भाडामा खर्च गर्नुपरेको कारण, सरकारले यस विषयमा ध्यान दिनुपर्ने दबाब बढिरहेको छ।

संघीय सरकारले आगामी चार वर्षमा अस्ट्रेलियाभर १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो, तर जनशक्तिको अभावका कारण यस उद्देश्यलाई पुरा गर्न चुनौतीपूर्ण देखिएको छ। पर्थमा घर र कोठाको मूल्यमा वृद्धि मुख्यत: सिड्नी र मेल्बर्नका विद्यार्थीहरूको बसाइ सर्ने कारणले भएको छ।

अर्कोतिर, मेल्बर्नमा कोठा भाडा सबैभन्दा सस्तो रहेको छ, र क्यानबेरा, ब्रिसबेन, एडिलेड र डार्विन जस्ता शहरहरूमा पनि भाडा अपेक्षाकृत कम रहेको देखिएको छ।