NRNA ACT को आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा भव्य रूपमा अभिभावक वनभोज कार्यक्रम May 25 तारिकका दिन सम्पन्न भएको छ । करिब ५०० भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा Volunteer र अन्य नेपाली समुदायका व्यक्तित्वहरु गरेर करिब ७०० भन्दा बढीको उपस्थिति रहेको थियो । अस्ट्रेलिया भरका हरेक राज्यहरुमा भव्यताका साथ सम्पन्न भइसकेको अभिभावक वनभोज कार्यक्रम क्यानबेरामा पनि Blockbuster नै रहन पुग्यो । वनभोज कार्यक्रमको सुरुवातमा आयोजक NRNA ACT ले सबै स्पन्सर र Volunteer हरुलाई मायाको चिनो समेत उपलब्ध गराएको थियो । नेपालबाट अस्ट्रेलिया आएका अभिभावकहरु प्रति समर्पित कार्यक्रमले धेरै अभिभावकहरुको ओठमा मुस्कान छर्न कार्यक्रम सफल भएको थियो ।
मादलको तालमा अफ्ना अभिभावकहरूलाई झूमेको देख्दा, छोरा–छोरीको मन फुरुङ्ग नहुने कुरै भएन । नाजगान र नेपाली संस्कृति झल्काउने ढाका टोपी र पहिरनले Black Mountain पूरा सजिएको देख्दा यस्ता बनभोज कार्यक्रमले धेरै अभिभावकहरूलाई एकआपसमामा चिन्ने मौका प्रदान गरेकोमा आफु हसर्ति भएको NRNA ACT का Secretary बिक्की कंडेल बताउनुहुन्छ । प्रेम रायमाझी, सन्तोष छेत्री, प्रलाद अर्याल, दिपेन्द्र कंडेल लगायत सम्पूर्ण NRNA को टिम अनि नेपाली कम्यूनिटीबाट धेरै सहयोगी हातहरू मिटो खाना बनाएकोमा अभिभावकहरूले धन्यवाद व्यक्त गर्नुभएको थिए ।
उक्त कार्यक्रममा NRNA ACT का President विक्रम सुवेदीले वनभोज कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै सहयोगी हातहरुलाई हार्दिक आभार व्यक्त गर्नुभएको थियो । वनभोज कार्यक्रममा FENCAA का पुर्वअध्यक्ष डा.कृष्ण हमाल,NRNA का अभियान्ता कम्युनिटि लिडर राजु बाबु अधिकारी, चुडामणी सापकोटा, असोक बस्नेत, राजन ढुंगेल, ANFS का अध्यक्ष आसिस देबकोटा, जनसम्पर्क समिति अध्यक्ष ललित मल्ल, ONF का अध्यक्ष सुवास सुवेदी, सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोस मल्ल, कला संकृतिको अध्यक्ष यज्ञ अधिकारी लगायत विभिन्न संघ सस्थाका लिडरको पनि उपस्थीति रहेको थियो ।