NSW मा २३,५३९ कोभिड जरिवाना रद्द, $५.५ मिलियन रिफन्ड गरिने निर्णय

न्यू साउथ वेल्स (NSW) सरकारले महामारीको समयमा जारी गरिएका बाँकी सबै COVID-19 सँग सम्बन्धित जरिवानाहरू रद्द गर्ने निर्णय गरेको छ र जसले पूर्ण वा आंशिक रूपमा जरिवाना तिरेका थिए, उनीहरुलाई $५.५ मिलियन रिफन्ड गरिने बताइएको छ।

सन् २०२० मा सार्वजनिक स्वास्थ्य आदेशहरूको उल्लङ्घन र बाहिरी सभामा सहभागी हुने जस्ता विभिन्न अपराधका लागि लगभग ६०,००० जरिवाना जारी गरिएका थिए। २०२२ को अन्त्यसम्ममा ३६,००० जरिवाना रद्द गरिएपछि, अब बाँकी २३,५३९ जरिवानाहरू रद्द हुनेछन्।

$५.५ मिलियन रिफन्ड ती व्यक्तिहरूलाई दिइनेछ जसले जरिवाना पूरा या आंशिक रूपमा तिरेका थिए, र रिवेन्यू NSW ले यस निर्णयसँग प्रभावित भएका व्यक्तिहरूसँग केही दिनमा सम्पर्क गर्ने तयारीमा छ।

COVID-19 को समयमा जारी गरिएका सार्वजनिक स्वास्थ्य सम्बन्धि आदेशहरू तीव्र र परिवर्तनशील परिस्थितिमा भएका थिए, जसका कारण बारम्बार संशोधन गरिनु परेको थियो। यसले जरिवाना नोटिसहरूमा आवश्यक विवरणको अभाव ल्याएको र त्यसले तिनीहरूको वैधता प्रति शंका उत्पन्न गरेको बताइएको छ।

यस निर्णयलाई COVID-19 का कारण लागू गरिएका जरिवानाहरूको अन्याय र भ्रमलाई सुधार्ने दिशामा एउटा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।