सुनको मूल्यमा २ हजार ६ सय रुपैयाँले गिरावट

Fancy designer antique golden bracelets for woman fashion studio shot.

मंगलबार सुनको मूल्यमा थप गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँमा झरेको छ।

यसअघि सोमबार सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। उल्लेखनीय रूपमा, कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च स्तर १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन १ हजार ८ सय ४५ रुपैयाँमा रहेको चाँदी मंगलबार २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा झरेको छ।