नेपाल सरकार र खाद्य तथा कृषि संगठन (एफएओ) को सहकार्यमा विश्व माटो दिवस २०२४ को अवसरमा टिकटक भिडियो प्रतियोगिता आयोजना हुने भएको छ। “माटो सुधार: परीक्षण, रेखदेख र उपचार” भन्ने नाराका साथ यस वर्ष माटो दिवस मनाइनेछ।
प्रतियोगितामा सहभागी हुन, माटोको महत्व झल्कने, मौलिकता समेटिएको अधिकतम ४५ सेकेन्डको टिकटक भिडियो तयार गर्नुपर्नेछ। भिडियो घर, खेत, बारी वा अन्य कुनै स्थानमा खिच्न सकिन्छ। तयार पारिएको भिडियो आफ्नो टिकटक खातामा पोस्ट गरी, सो लिंक faonepal22@gmail.com मा पठाउनुपर्नेछ। भिडियो मंसिर १५ गतेभित्र पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

पुरस्कार
प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार, प्रमाणपत्र, र उपहार प्रदान गरिनेछ:
- प्रथम स्थान: रु २०,०००
- दोस्रो स्थान: रु १५,०००
- तेस्रो स्थान: रु १०,०००
विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ मा मनाइन्छ, जसले माटोको संरक्षण र दिगो प्रयोगको महत्वलाई उजागर गर्छ।





