काठमाडौँ: उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण गरेको जानकारी दिएको छ ।
एजेन्सीले जारी गरेका तस्वीरमा किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको देख्न सकिन्छ । यी ड्रोनहरु फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरि बनाइएको दाबि गरिएको छ ।
यी ड्रोनहरु जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परिक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दयारालाई विश्वभर फैलाउने दाबि किमले गरेको उल्लेख छ ।
यी ड्रोनहरुलाई ट्रयाक गर्न मुश्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबि गरिएको छ । किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
हाल उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न १० हजार सेना पठाएको विषय बाहिर आएको बेला यी आत्मघाती ड्रोनको सफल परिक्षणको समाचार बाहिर आएको छ ।