टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल ८’को ट्रेलर सार्वजनिक

हलिउड अभिनेता टम क्रुजको चर्चित फिल्म फ्रेन्चाइज ‘मिसन इम्पोसिबल’को आठौं संस्करणको ट्रेलर सार्वजनिक भएको छ। यो फिल्मको ट्रेलर र पोस्टर सोमबार साँझ सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको हो।

श्रृंखलाको यस नयाँ भागको शीर्षक ‘द फाइनल रेकोनिङ’ राखिएको छ। फिल्म २०२५ मे २३ मा विश्वभर प्रदर्शन हुने तयारीमा छ। टम क्रुजले यसपटक पनि आफ्नो लोकप्रिय पात्र, इथन हन्टको भूमिका निर्वाह गरेका छन्। कथावस्तु अनुसार, इथनले एआईद्वारा सिर्जित ‘द इन्टाइटी’ नामक खतरनाक प्रोग्रामलाई रोक्दै विश्वलाई जोखिमबाट जोगाउनुपर्छ।