मेलबर्न, अष्ट्रेलिया – गत साता अष्ट्रेलियामा दुई नेपालीको निधन भएको छ, जसमा एक जना सडक दुर्घटनामा र अर्को आगलागीमा परेर ज्यान गुमाएका हुन्।
गत साता अष्ट्रेलियामा दुई नेपालीको निधन भएको छ; एकजनाको सडक दुर्घटनामा र अर्कोको आगलागीमा मृत्यु भएको हो। काठमाडौं गाम्चाका विशाल केसी, जो मेलबर्नको सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका थिए, आगलागीका कारण ज्यान गुमाएका हुन्। केसी अष्ट्रेलियामा १० वर्षदेखि बसोबास गर्दै आएका थिए। आगलागी कसरी सुरु भएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार, आगो कसरी सुरु भएको थियो भन्ने थाहा नभए पनि छिमेकीका अनुसार हुरीका कारण आगो फैलिन मद्दत गरेको बताए। अग्नी नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न ५० मिनेट लाग्यो र यस क्रममा केसीको ज्यान गएको थियो। गैर आवासीय नेपाली संघ भिक्टोरियाले आगलागीमा प्रभावित अन्य विद्यार्थीलाई आवासको व्यवस्था गर्दैछ।

अर्को घटनामा, चितवनका निशान्त सिंह गढतोडा सडक दुर्घटनामा ज्यान गुमाए। उनी भिक्टोरियाको बालाराटमा बसोबास गर्दै थिए। १ नोभेम्बर शुक्रबार दिउँसो २ बजे स्थानीय गोलबर्न भ्याली हाईवेमा गढटोडाको दुर्घटना हुँदा, उनि चढेको कारलाई अर्को कारले ठक्कर दिएको थियो। दुर्घटनामा उनका कार रुखमा ठोक्किएर खसेको थियो। उनीलाई तत्काल एयर एम्बुलेन्समार्फत अस्पतालमा लगिएको भएपनि चिकित्सकहरूले केही समयपछि मृत घोषित गरे। नी काठमाडौंको चावहिलका बासिन्दा हुन् भने सिभिल ईन्जिनियरका रुपमा एक अष्ट्रेलियन कम्पनीमा कार्यरत थिए ।

पुलिसले दुर्घटनामा संलग्न अर्को कारका चालकलाई पक्राउ गरेको छ, जसको साथमा गाँजा र अन्य मादक पदार्थ फेला परेको थियो। चालकलाई लापरवाहिका साथ गाडी चलाएको, दुर्घटनापछि घटनास्थलबाट भागेको, सहायता नगरेको, प्रमाण नष्ट गर्ने प्रयास गरेको र गाँजा सेवन गरी गाडी चलाएको अभियोग लगाइएको छ।
प्रहरीले निशान्तको शव पोष्टमार्टमका लागि पठाएको छ र प्रक्रिया पुरा गरेपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ।
भिक्टोरियाका लागि नेपाली वाणिज्यदुत निराजन गौलीले दुबै घटनामा परेका नेपालीका आफन्तहरूसँग सम्पर्कमा रहेका र शुक्रबारभित्र केसीको शव नेपाल पठाउने तयारी गरिरहेको जानकारी दिएका छन्।




