भान्सामा हुने हानिकारक खानेकुरा

भान्सामा आवश्यक खानपिनका चिजहरू छन्, तर केही यस्ता खानपिन पनि हुन्छन्, जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। प्रशोधित खाद्य पदार्थ र चिनी जस्ता खानाहरू उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, मोटोपना र मधुमेहको जोखिम बढाउने कारण बनिरहेका छन्।

चिनी: मीठो विष

चिनी बिना भान्सा अधुरो महसुस हुन्छ, तर यो स्वास्थ्यको लागि मीठो विष साबित हुन सक्छ। चिनीको अत्यधिक सेवनले क्यालोरी बढाएर तौल बढाउन मद्दत गर्दछ, दाँतमा क्याभिटीको जोखिम पनि बढाउँछ। यसले इन्सुलिन प्रतिरोधी क्षमतामा वृद्धि गराउँछ, जसले टाइप २ मधुमेहको जोखिम बढाउँछ। यसबाहेक, चिनीको अधिक सेवनले मुटु रोग र मानसिक स्वास्थ्य समस्याहरूलाई पनि निम्त्याउन सक्छ। सख्खरको प्रयोग गर्दा, यो चिनीको सट्टा प्राकृतिक र अधिक लाभदायक विकल्प हो।

प्रशोधित तेल: स्वास्थ्यका लागि खतरा

बजारमा उपलब्ध धेरै तेलहरू प्रशोधित छन्, विशेषगरी रिफाइन्ड तेल। प्रशोधित तेल, विशेष गरी ट्रान्स फ्याट भएका, हृदय रोग, स्ट्रोक र टाइप २ मधुमेहको जोखिम बढाउन सक्छ। यसका सेवनले शरीरमा इन्फ्लेमेशन निम्त्याउने र पोषणको कमी हुने सम्भावना पनि बढाउँछ। कोलमा पसिएको तेल, जुन प्रशोधन गरिएको हुँदैन, स्वास्थ्यको लागि उत्तम विकल्प हो।

बट्टाबन्द फलफूलको जुस: घटित पोषण

आजकल बट्टाबन्द फलफूलको जुस धेरैको भान्सामा अनिवार्य बनेको छ। तर, प्याकेटमा आउने जुसहरूमा पोषणको कमी हुन्छ, किनकि जुस बनाउँदा गुदी निकालिन्छ। यसले रगतमा चिनीको स्तर बढाउन सक्छ। ताजा फलफूलको जुस, जसलाई फिल्टर नगरी पिउनुहोस्, स्वस्थ र पोषक तत्वयुक्त हुन्छ।

रिफाइन्ट आटा: पौष्टिकता हराउने

मैदा पूर्ण रूपमा प्रशोधन गरेर तयार पारिन्छ, जसले यसको पौष्टिक मूल्यलाई नष्ट गर्दछ। यो रसायनहरूको कारण स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ। मोटो दाना भएका अन्नको पिठो प्रयोग गर्नाले स्वास्थ्यमा सुधार ल्याउन सक्छ।

फ्रोजन तरकारी: पोषणको कमी

सुपर मार्केटहरूमा उपलब्ध फ्रोजन तरकारीहरूमा पोषणको कमी हुन्छ। ताजा तरकारीको प्रयोग गर्दा स्वास्थ्यमा फाइदा हुन्छ, किनकि यसले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्दछ।

स्वास्थ्यका लागि हानिकारक खानेकुराबारे सजग रहनु आवश्यक छ। चिनी, प्रशोधित तेल, बट्टाबन्द जुस, रिफाइन्ट आटा र फ्रोजन तरकारी जस्ता खाद्य पदार्थको सट्टा ताजा र प्राकृतिक विकल्पहरू रोज्नाले हाम्रो स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।