आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा प्रति तोला २ हजार २ सय रुपैयाँले बढेर, यो मूल्य अहिलेसम्मकै उच्च बनेको हो।
यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। हाल चाँदीको भाउ तोलाको २ हजार १ सय २० रुपैयाँ कायम भएको छ, जसमा हिजोको तुलनामा १५ रुपैयाँ वृद्धि भएको छ।

सुनचाँदीको मूल्य लगातार बढ्दै गएपछि उपभोक्ताहरुले ढिक्का किन्ने रुचि बढाएका व्यवसायीले बताएका छन्। तिहारको समयमा सुनचाँदीको व्यापार बढ्ने भएकाले, मूल्यमा भइरहेको यो वृद्धिले बजारलाई थप चलायमान बनाएको देखिन्छ। सुरक्षित लगानीको रुपमा चिनिने सुनलाई तत्काल नगदमा रूपान्तरण गर्न सकिने हुनाले ढिक्कामा लगानी गर्ने परम्परागत शैली पुनः बढेको व्यवसायीहरूको भनाइ छ।





