सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य शुक्रबार स्थिर नै रहेको छ। बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि यथावत नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यद्यपि, चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। महासंघका अनुसार बिहीबार तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर २ हजार ७० रुपैयाँमा झरेको छ।