सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत प्रगति विवरण प्रस्तुत गर्नेछन्।
नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। १०० दिनको कार्यकालको समीक्षा गर्न प्रधानमन्त्री ओलीले सत्तारूढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन्।
सत्तारूढ दलको बैठक अहिले जारी रहेको छ, जसमा सरकारको उपलब्धि, चुनौती र आगामी रणनीतिका विषयमा विचारविमर्श भइरहेको छ।